साउन २०, बर्दिया । सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २०, बर्दिया । सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोज"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बबई नदी नियन्त्रण गर्न गुरुयोजना: सिँचाइ मन्त्री

२० श्रावण २०७४, शुक्रबार १०:२४


साउन २०, बर्दिया । सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजनामार्फत अघि बढ्ने बताउनुभयो । 

बबई सिँचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा उहाँले गुलरियाको भविष्य सुरक्षित गर्न त्यस्तो गुरुयोजना अघि बढाउने जानकारी दिनुभयो । 

बबई सिँचाइ आयोजनाको सानोश्री, ढोढरी, वैदीलगायतका क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएका मन्त्री गौतमले बाढीको जोखिममा रहेको बर्दियामा बाढी नियन्त्रणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

उहाँले बबई सिँचाइ आयोजनाको सबै कुरा बुझेरमात्र काम अघि बढाइने बताउँदै आयोजनाको सूक्ष्म अध्ययनपश्चात् धेरै काम गर्ने स्पष्ट पार्नुभयो । आफूले यो काम गर्छु भनेर भन्नुभन्दा पनि काम गरेर देखाउने छु, उहाँले भन्नुभयो । 

बबई सिँचाइ आयोजनाको आरम्भकाल २०४५ सालदेखि हालसम्म ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । आयोजना अवधिमा रु १२ अर्ब ६७ करोड खर्च हुने अनुमानित लागतमध्ये हाल सम्म रु ६ अर्व ३ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता