साउन २०, चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । 

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । 

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत म"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर १९ मा ७५ प्रतिशत मतदान, आजैबाट मतगणना शुरु हुने

२० श्रावण २०७४, शुक्रबार १३:००

साउन २०, चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । 

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा दुई हजार ८७० मत खसेको हो । सोअनुसार जीवनज्योति राष्ट्रिय प्राथमिक विद्यालय केन्द्रमा एक हजार १४, किरण मावि किरणगञ्ज केन्द्रमा नौ सय ५३ र शारदा मावि शारदानगर केन्द्रमा नौ सय तीन मत खसेको छ । 

यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । सो वडामा तीन हजार ७९७ मतदाता छन् । पहिलेभन्दा २७ मत कम खसेको हो । दुई दिनदेखि परेको वर्षा, यससँगै धान रोपाईँको चटारो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध तथा दुई पटक मतदान गर्नुपर्दा मतदाता रुष्ट बनेका कारण मत कम खसेको अनुमान गरिएको छ । 

महानगरपालिकाका २७ वटा वडाको मतगणना सम्पन्न भइसकेर दुई वटा वडाको मत गन्न बाँकी रहँदा मतपत्र च्यातिएको थियो । सत्ताइस वटा वडाको अन्तिम परिणामनुसार नेकपा (एमाले)का प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० तथा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गर्नुभएको थियो । महानगर–२० को तीन हजार ३०२ मतगणना गर्न बाँकी छ । 

मतपत्र संकलन भएपछि दलको सहमति भएमा आजै साँझदेखि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताउनुभयो । यसअघि मतपत्र च्यातिएपछि मतगणनस्थल भरतपुरको कभर्ड हलमा तीन सिसी क्यामरा जडान गरिएको छ । मतगणनास्थलमा जाली लगाई प्रतिनिधि जाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता