साउन २१, चितवन । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना केहीबेर अघिदेखि सुरु भएको छ । महानगरपालिकाको कभर्ड हलमा चार समूह बनाएर मत गणना भइरहेको छ । उक्त कभर्ड हलमा मत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, चितवन । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना केहीबेर अघिदेखि सुरु भएको छ । महानगरपालिकाको कभर्ड हलमा चार समूह बनाएर मत गणना भइरहेको छ । उक्त कभर्ड हलमा मत"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर १९ को मतगणना सुरु (अपडेट)

२० श्रावण २०७४, शुक्रबार १८:१८

साउन २१, चितवन । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना केहीबेर अघिदेखि सुरु भएको छ । शुक्रबार राति ११:३० बजेदेखि मतगणना सुरु भएको र भोलीनै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

अहिले महानगरपालिकाको कभर्ड हलमा चार समूह बनाएर मत गणना भइरहेको छ । उक्त कभर्ड हलमा मत गणनाको लागि सबै पार्टीका चार-चार जना प्रतिनिधि संलग्न छन । कभर्ड हलमा चार समूहलाई नियाल्ने गरि ५ वटा सिसि क्यामेरा जडान गरिएको छ । त्यस्तै सुरक्षाको लागि कमान्डो तालिम प्राप्त सुरक्षाकर्मी परिचालित छन् ।

भरतपुर १९ को शुक्रबार पुनः मतदान भएको थियो । शुक्रबार भएको मतदानमा २८ सय ७० मत खसेको थियो । जुन पहिलाको भन्दा २७ मत कम हो । यसअघि २८ सय ९७ मत मत खसेको थियो ।

गत जेठ १५ गते वडा नम्बर १९ को मतगणना हुँदा मतपत्र च्यातेपछि शुक्रबार पुनः सो वडामा मतदान गरिएको हो । 

शुक्रबारको मतदानमा २ हजार ८७० मत खसेको छ । वडा नम्बर २० को  पनि ३ हजार ३०२ मत गणना गर्न बाँकी छ । वडा नम्बर १८ को गणना सकिदासम्म देवी ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि छन् ।

भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, १० वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी-कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता