साउन २१, भरतपुर | भरतपुर महानगरपालिकाको मेयर भिडन्त निकै रोच कबनेको छ । मत गणना जारी रहेको महानगरको अन्तिम २० नम्बर वडाको प्रारम्भिक परिणाममा पनि माओवादी–कांग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालको हावी देखिएको छ ।
४०० मत गणना हुँदा रेणुले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको अग्रता २२१ बाट घटाएर १७० पुर्याएकी छिन् । ताजा परिणामअनुसार देवीको मत ४२ हजार ६९ पुगेको छ भने रेणु ४१ हजार ८९९ मत ल्याएर पछ्याइरहेकी छिन् ।
४०० मत गन्दा रेणुले १७४ मत प्राप्त गरेकी छिन् भने देवीले १२३ मत पाएका छन् ।