साउन २१, काठमाडौँ | भरतपुर महानगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना न्यून बनाउदै रेणु र देवी बीचको अग्रता ४ मतमा झरेको छ (अपडेट) ।
पछिल्लो मत परिणाम अनुसार देवी ४ मतले मात्र रेणुभन्दा अग्रतामा छन् तर जुन हिसावले अग्रता झरेको छ, त्यसले रेणुले अग्रता लिन सुरु गर्ने देखिएको छ । मत परिणाम अनुसार अहिले एमाले उम्मेदवार देवीको खातामा ४२ हजार ४ सय १८ मत छ भने रेणुको खातामा ४२ हजार ४ सय १४ मत छ ।
४ मतले देवीले अग्रता गरेको पुष्ट जानकारी प्राप्त गरिएको छ भने मतगणनामा संलग्न एक जना कर्मचारीले दिएको पछिल्लो जानकारी अनुसार रेणुले २ मतके अग्रता सुरु गरिसकेकी छन् ।