८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरको ताजा मत परिणाम: अब रेणु अघि-अघि, देवी पछी-पछी

२१ श्रावण २०७४, शनिबार १२:३३

साउन २१, काठमाडौं । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेस–माओवादी गठवन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । वडा नम्बर २० को १६ सय मत गन्दा नतिजा उल्टिएको हो ।

१६०२ भन्दा बढी मत गणना भइसक्दा रेणुले नेकपा एमालेका उम्मेदवार देवीसँग २५ मतले अग्रता लिएकी छन् । ज्ञवालीले अब अग्रता लिने सम्भावना छैन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले जित्ने सम्भावना लगभग सकिएको छ ।

यसअघि मतपत्र च्यातिएर फेरि मतगणना भएको भरतपुर १९ मा एमालेका ज्ञवाली भन्दा माओवादीकी दाहालले झण्डै दोब्बर मत पाएकी थिइन् । वडा नम्बर २० पनि काँग्रेसको पकड रहेको क्षेत्र मानिन्छ । भरतपुर २० मा ३३ सय २ मत खसेको छ । तर, यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिए पनि मतपरिणामले त्यस्तो देखाएन् ।

यो नतिजाले गणनास्थल भरतपुरको कभर्ड हल बाहिर कांग्रेस-माअोवादी केन्द्रका कार्यकर्तामा उमंग छाएको छ भने एमाले कार्यकर्तालाई निरास परेको छ। चीर प्रतीक्षित भरतपुरको मेयर पद को होला भन्ने प्रश्नको लगभग जवाफ मिलेको छ। रेणुको जित करिव निश्चित जस्तै भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता