साउन २१, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने ब"/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब मुलुकमा ७७ जिल्ला कायम हुन्छ: कानून मन्त्री

२०७४, २१ श्रावण शनिबार १३:३०


साउन २१, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । 

आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “प्रदेश नम्बर– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको मात्र होइन, समग्र निर्वाचनको माहौल बनाउन राष्ट्रिय जनता पार्टीले उठाएका जायज मुद्दालाई भने सम्बोधन गर्न जरुरी छ । ” 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मधेशमा उठेका जायज मुद्दालाई सम्बोधन गर्न संविधान संशोधनमा सहयोग पु¥याउनुपर्छ भन्दै उहाँले संशोधनका लागि आवश्यक वातावरण बनाउन सरकारले प्रयत्न गरिरहेको छ भन्नुभयो । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र गणतन्त्र कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रालयलाई धेरै कानून निर्माण गर्नुपर्ने दायित्व रहेको बताउँदै मन्त्री थापाले त्यस क्रममा ५१ वटा विधेयक पारित गरी ऐन, कानून निर्माण भइसकेको जानकारी दिनुभयो । 

प्रदेशको सीमा निर्धारण गर्ने सन्दर्भमा नवलपरासी र रुकुमका आधा–आधा भाग फरक प्रदेशमा परेकाले अब ७७ वटा जिल्ला समन्वय समिति गठन हुने पनि कानून मन्त्री थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “अब मुलुकमा ७५ होइन, ७७ जिल्ला नै कायम हुन्छ, त्यसमा ढुक्क रहनुहोस् ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो