२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जिसस रोल्पामा माओवादी माओवादी केन्द्रको मात्रै उम्मेदवारी

२०७४, २२ श्रावण आईतवार ११:०५

साउन २२, रोल्पा । जिल्ला समन्वय समिति रोल्पामा नेकपा (माओवादी केन्द्र) बाट मात्रै उम्मेदवारी परेका कारण निर्विरोध हुने स्थिति देखापरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्न दिएको समय सीमाभित्र माओवादी केन्द्रका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ । 

जिल्ला समन्वय समितिका संयोजकमा राजबहादुर बुढा र सहसंयोजकमा विमला बुढाको उम्मेदवारी परेको छ । यसैगरी, समन्वय समितिको सदस्यमा कर्मलाल परियार, खमिता रानामगर, शर्मिला बुढामगर, मानबहादुर केसी, मीना पुनमगर, धनबहादुर पुनमगर र लोकमन ओलीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ओलीले जानकारी दिनुभयो । 

एउटा दलको मात्रै उम्मेदवारी परेको भए पनि निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा गरी साउन २७ गते औपचारिक रुपमा निर्वाचित भएको घोषणा गरिने ओलीले बताउनुभयो । 

दश स्थानीय तह रहेको रोल्पामा माओवादी केन्द्रले सात, नेकपा एमालेले दुई र नेपाली कांँग्रेसले एक स्थानीय तह जितेका थिए । माओवादी केन्द्रको एकल बहुमत भएकाले नेपाली काँग्रेस र एमालेले उम्मेदवारी दर्ता नगराएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ