४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शेखरको टिप्पणी : लोकतान्त्रिक गणतन्त्रको आचरण अभावले युवामा नैराश्य बढ्यो

१७ जेष्ठ २०८२, शुक्रबार १७:५८

काठमाडौँ । गणतन्त्र दिवसकै दिन राजावादीभन्दा एमालेको प्रदर्शन कमजोर देखिएको प्रसंग उठाउँदै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक गणतन्त्रको आचरण अभावले युवामा नैराश्य बढेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘राजावादीको जुलुस एमालेको भन्दा ठूलो हुनुको कारण हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्र अनुकूल छैन । युवाहरू निराश छन्, उनीहरूले बाटो खोजिरहेका छन् ।’

उनका अनुसार युवाहरूले चारजना नेताबीचको ‘म्युजिकल चियर’ मात्र देखिरहेका छन् । ‘हामीले असल काम गरेर उनीहरूको मन जित्न सक्नुपर्छ,’ कोइरालाले भने ।

कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विवादास्पद भएको भन्दै आलोचना गरे । उनले पदाधिकारी बैठकमा त्यस विषयमा छलफल हुने अपेक्षा गरे पनि आफैंमाथि चर्चा भएकोमा आपत्ति जनाए । ‘मलाई हाँसो लाग्यो । राजनीतिमा सहनशीलता चाहिन्छ,’ कोइरालाले भने ।

उनले गणतन्त्रको मूल्य, मान्यता, संस्कारका लागि फेरि लड्नुपर्ने समय आएको पनि बताए । ‘सही गर्न सक्दैनौँ भने चुप लागेर बसौँ । तर, गलत नगरौँ,’ कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी