१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै

१८ जेष्ठ २०८२, शनिबार १६:५०
काठमाडौँ । मधेस प्रदेशमा प्रदेशसभा लक्षित सडक निर्माणअन्तर्गत दोस्रो चरणको काम सुरु हुने भएको छ । रु १२ अर्ब ७० करोडको लागतमा निर्माण हुने पक्की सडक निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  यहाँ ६४ प्रदेशभा निर्वाचन क्षेत्रमा दोस्रो चरणअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र पाँच किलोमिटर सडक कालोपत्र सडक निर्माण गरिने जानकारी दिइएको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यादवले आठ जिल्लाका प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर सडक निर्माण हुने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार डिजिटल प्रविधिमार्फत शिलान्यास गरेसँगै सडक निर्माण शुभारम्भ हुने उहाँले जानकारी दिनुभयो । “सडक निर्माणका लागि स्रोत सुनिश्चितता भएर निर्माणको प्रक्रिया अगाडि भइसकेको छ । ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयमार्फत भइसकेको छ । सडकको निर्माणकार्य तीन वर्षभित्र पूरा गरिने छ”, मन्त्री यादवले भन्नुभयो ।
कुल ३२० किमी सडकमध्ये पहिलो चरणमा २०० किमी सडकको निर्माण भइसकेको मन्त्रालयका निमित्त सचिव सञ्जयकुमार साहले जानकारी दिनुभयो । अब निर्माण गरिने सडकमध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्र गरिने उहाँले बताउनुभयो । सडकको चौडाइ साढे पाँचदेखि सात मिटरसम्म हुनेछ ।
यस्तै, आठवटै जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक÷एक वटा पक्की पुल निर्माण गरिने गरी प्रक्रिया अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का