भदौ १०, काठमाडौँ | माओवादी केन्द्र समर्थित भात्री संगठन अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनले अखिल क्रान्तिकारीका नेताहरुले आफ्नो छोरा-छोरी निजि स्कुलमा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | माओवादी केन्द्र समर्थित भात्री संगठन अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनले अखिल क्रान्तिकारीका नेताहरुले आफ्नो छोरा-छोरी निजि स्कुलमा प"/>
2026-07-03 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारीका नेताहरुले आफ्नो छोरा-छोरी निजि स्कुलमा पढाउन नपाइने

भदौ १०, काठमाडौँ | माओवादी केन्द्र समर्थित बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनले अखिल क्रान्तिकारीका नेताहरुले आफ्नो छोरा-छोरी निजि स्कुलमा पढाउन नपाइने निर्णय सहितको बिधान सर्व सहमतिले पारित गरेको छ । 

पारित बिधान अनुसार अब अखिल क्रान्तिकारीका कुनै पनि पदाधिकारी नेताहरुले आफ्ना छोराछोरीलाई निजि स्कुलमा नभई सामुदायिक वा सरकारी बिद्यालय पढाउनुपर्ने बाध्यकारी स्थिति सृजना भएको छ । साथै संगठनले आफुहरुले गरेको निर्णय कडाइपुर्बक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नीजी बिद्यालय कमाउ धन्दामा लागेको तथा निजि बिद्यालयकै प्रभावमा परि सरकारी बिद्यालयको शैक्षिक स्तर खस्केको भन्दै नेतादेखिनै शैक्षिक सुधारमा प्रयास गर्न निजि बिद्यालयमा आफ्नो छोरा-छोरी पढाउन नपाउने निर्णय गरिएको बताइएको छ । अखिल क्रान्तिकारीको पछिल्लो निर्णय स्वागतयोग्य रहेको भन्दै कडाका साथ यस नीतिलाई आत्मसाथ गर्ने र नियम बिपरित कुनै नेताले निजि स्कुलमा हाले कडा कारवाही गराउने बताइएको छ । 

यसैबीच अखिल क्रान्तिकारीको निर्वाचनमा यो पटकको लागि उमेर हद नलाग्ने भएको छ । उसले उमेरहदको छुट्टै बिधान बनाई थप निर्णय लिने जनाएको छ । यो पटक अखिल क्रान्तिकारीको नेतृत्वको लागि सहमतिको प्रयास गरिने बताइए पनि सम्भावना नरहेको भन्दै निर्वाचन प्रक्रियामै जाने देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत सहमति नभए निर्वाचन गरेरै भएपनि नेतृत्व छान्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली