२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वरिष्ठ युक्रेनी अधिकारीहरू वार्ताका लागि वासिङ्टनमा

२१ जेष्ठ २०८२, मंगलवार १६:२७
रुस–युक्रेन शान्ति वार्ताको पछिल्लो चरणको एक दिनपछि रक्षा र आर्थिक मामिलामा अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि युक्रेनी शीर्ष अधिकारीहरूको प्रतिनिधिमण्डल मङ्गलबार वासिङ्टन आइपुगेको छ ।
इस्तानबुलमा सोमबार रुससँग भएको प्रत्यक्ष वार्ताको दोस्रो चरण कुनै सफलता बिना समाप्त भएपछि किएभको प्रतिनिधिमण्डलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीसँग भेट गर्नेछ ।
संयुक्त राज्य अमेरिकाले छिमेकी देशबीच तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासमा निकै कम प्रगति भएकाले ट्रम्प किएभ र मस्कोसँग निराश हुनुभएको छ ।
“हामी रक्षा सहयोग र युद्धको स्थिति, रुस विरुद्धको प्रतिबन्धलाई बलियो बनाउने बारेमा कुरा गर्ने योजना बनाउँछौँ”, राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भन्नुभयो ।
प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनकी अर्थमन्त्री युलिया स्विरिडेन्कोले गर्ने र यसमा रक्षा अधिकारीहरू पनि समावेश रहेको यर्माकले जानकारी दिनुभयो ।
उहाँले युक्रेनीहरूले रिपब्लिकन र डेमोक्रेट अधिकारीहरूका साथै ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोली’ सँग भेट गर्ने बताउनुभयो ।
प्रतिनिधिमण्डलले ‘रुसद्वारा निर्वासित युक्रेनी बालबालिकाहरूको फिर्ती’ को विषयमा पनि छलफल गर्ने यर्माकले बताउनुभयो ।
सोमबारको वार्ताका क्रममा किएभले रुसलाई सयौँ युक्रेनी बालबालिकाको सूची दिएको बताएको छ । युक्रेनले ती बालबालिकालाई रुसले आफ्नो आक्रमणका क्रममा जबरजस्ती लगेको बताएको छ ।
जनवरीमा ह्वाइट हाउस फर्केपछि युक्रेनमा युद्ध द्रुत रूपमा अन्त्य गर्ने वाचा गर्नुभएका ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्की दुवैमाथि बारम्बार आक्रोश व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव