२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टर्कीएमा विपक्षी दलका पाँच जना नगरप्रमुख पक्राउ

२२ जेष्ठ २०८२, बुधबार १६:२२

काठमाडौँ । टर्कीएको प्रहरीले बुधबार बिहान पाँच विपक्षी नगरप्रमुखसहित १७ जनालाई पक्राउ गरेको छ । विपक्षी दल सीएचपीको नियन्त्रणमा रहेका नगरपालिकाहरूमा भ्रष्टाचारको आरोपको अनुसन्धानको क्रममा उहाँहरूलाई पक्राउ गरिएको हो ।

इस्तानबुलका एक पूर्व सांसद र तीन जना सीएचपी मेयर तथा दक्षिणी प्रान्त अदानामा थप दुई जनालाई लक्षित गरी पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन् ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी इस्तानबुलका मेयर एकरेम इमामोग्लुसहित जेलमा रहेका सीएचपीका मेयरको संख्या नौ पुगेको छ ।

इस्तानबुलमा केन्द्रित चार वटा छुट्टाछुट्टै भ्रष्टाचार अनुसन्धानको सिलसिलामा अदालतले ४७ जना नगरपालिका अधिकारीलाई पक्राउ आदेश जारी गरेपछि पछिल्लो अनुसन्धान सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इमामोग्लुलाई मार्च १९ मा पक्राउ गरी जेलमा थुनेपछि टर्कीएमा एक दशकयताकै सबैभन्दा ठूलो सडक प्रदर्शन भएको थियो ।

इमामोग्लुका निजी सचिव र उहाँका निजी सुरक्षा अधिकारीसहित इस्तानबुल सिटी हलमा भएको भ्रष्टाचारसँग सम्बन्धित करिब ७० जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

सीएचपीले इमामोग्लुलाई सन् २०२८ मा हुने राष्ट्रपतीय चुनावमा आफ्नो उम्मेदवारको रूपमा मनोनीत गरेको छ तर उहाँ चुनावमा भाग लिन पाउनुहुन्छ कि पाउनुहुँदैन भन्ने कुरा धेरै परीक्षण र अनुसन्धानको भाग्यमा निर्भर गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव