२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

शेखर कोइरालाको प्रश्न – ४ वर्षमा गर्नुपर्ने पार्टीको अधिवेशन यसपटक केले रोक्यो ?

२०८२, २५ जेष्ठ शनिबार १३:५४

काठमाडौँ | नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले चार वर्षभित्र गरिनुपर्ने पार्टीको महाधिवेशन किन अहिलेसम्म गर्न नसकेको भनेर पार्टीका पदाधिकारीसँग सोधेका छन्।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा हुनुपर्ने कांग्रेसको महाधिवेशन किन रोकियो भनी प्रश्न गरेका हुन्।

‘नेपाली कांग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ। केले रोक्यो यसपटक? किन रोकिँदै छ? यसको जवाफ पदाधिकारीले दिने कि नदिने भन्ने हाम्रो प्रश्न छ। यो ठूलो प्रश्न छ’, उनले भने, ‘केही त्यस्तो घटना त देशमा भएको छैन, नेपाली कांग्रेसमा केही भएको छैन, किन ४ वर्षभित्र अधिवशेन हुन सकेन? सक्दैन? मंसिरमा हुनुपर्ने हो नि। ४ वर्षमा हुन सकेन भने तापनि भनेर एउटा वाक्यमा भनिदिएको छ- एक वर्ष थप्न सक्ने। तपाईंहरूले पदाधिकारीलाई प्रश्न गर्नुुस्, के कारणले थप्ने भनेर। किन प्रश्न गर्न सक्नुहुन्न ? सक्नुपर्छ नि त!’

उनले चार/चार वर्षमा कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिँदै सधैँ यसरी पार्टी चलाउने हो भने भविष्यमा कांग्रेस कमजोर बन्ने चेतावनी पनि दिए।

‘समयमा अधिवेशन हुनुपर्छ। त्यो समय भनेको ४ वर्ष हो। सधैँ नेपाली कांग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली कांग्रेसको भविष्य कमजोर हुन्छ। अहिले हामी लार्जेस्ट पार्टी छौँ, तर हामी कहाँ छौँ ? तीन वर्षदेखि कहाँ छौँ? सोच्नुभयो, सोध्नुभयो, किन यस्तो भइरहेको भनेर? लार्जेस्ट पार्टी भइसकेपछि ढाई वर्षदेखि हामी कहाँ छौँ ? कसैले कसैलाई प्रश्न गर्दैनौँ‘, कोइरालाले थपे, ‘नेताहरूलाई जबसम्म कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुहुन्न कार्यकर्ताहरू दास हुन्छन्। तपाईंहरू कसैको दास होइन। यो कुरा गम्भीरतापूर्वक बुझ्नुस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार