३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

शेखर कोइरालाको प्रश्न – ४ वर्षमा गर्नुपर्ने पार्टीको अधिवेशन यसपटक केले रोक्यो ?

२५ जेष्ठ २०८२, शनिबार १३:५४

काठमाडौँ | नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले चार वर्षभित्र गरिनुपर्ने पार्टीको महाधिवेशन किन अहिलेसम्म गर्न नसकेको भनेर पार्टीका पदाधिकारीसँग सोधेका छन्।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा हुनुपर्ने कांग्रेसको महाधिवेशन किन रोकियो भनी प्रश्न गरेका हुन्।

‘नेपाली कांग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ। केले रोक्यो यसपटक? किन रोकिँदै छ? यसको जवाफ पदाधिकारीले दिने कि नदिने भन्ने हाम्रो प्रश्न छ। यो ठूलो प्रश्न छ’, उनले भने, ‘केही त्यस्तो घटना त देशमा भएको छैन, नेपाली कांग्रेसमा केही भएको छैन, किन ४ वर्षभित्र अधिवशेन हुन सकेन? सक्दैन? मंसिरमा हुनुपर्ने हो नि। ४ वर्षमा हुन सकेन भने तापनि भनेर एउटा वाक्यमा भनिदिएको छ- एक वर्ष थप्न सक्ने। तपाईंहरूले पदाधिकारीलाई प्रश्न गर्नुुस्, के कारणले थप्ने भनेर। किन प्रश्न गर्न सक्नुहुन्न ? सक्नुपर्छ नि त!’

उनले चार/चार वर्षमा कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिँदै सधैँ यसरी पार्टी चलाउने हो भने भविष्यमा कांग्रेस कमजोर बन्ने चेतावनी पनि दिए।

‘समयमा अधिवेशन हुनुपर्छ। त्यो समय भनेको ४ वर्ष हो। सधैँ नेपाली कांग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली कांग्रेसको भविष्य कमजोर हुन्छ। अहिले हामी लार्जेस्ट पार्टी छौँ, तर हामी कहाँ छौँ ? तीन वर्षदेखि कहाँ छौँ? सोच्नुभयो, सोध्नुभयो, किन यस्तो भइरहेको भनेर? लार्जेस्ट पार्टी भइसकेपछि ढाई वर्षदेखि हामी कहाँ छौँ ? कसैले कसैलाई प्रश्न गर्दैनौँ‘, कोइरालाले थपे, ‘नेताहरूलाई जबसम्म कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुहुन्न कार्यकर्ताहरू दास हुन्छन्। तपाईंहरू कसैको दास होइन। यो कुरा गम्भीरतापूर्वक बुझ्नुस्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ