भदौ १३, विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको संगठन भद्रगोल भएको भन्दै माथिबाटै घटुवाको प्रारम्भ सुरु गरेको बताएका छन् । पार्टीको संगठन भद्रगोल ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको संगठन भद्रगोल भएको भन्दै माथिबाटै घटुवाको प्रारम्भ सुरु गरेको बताएका छन् । पार्टीको संगठन भद्रगोल ह"/>
2026-07-03 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संगठन भद्रगोल भएपछी अध्यक्ष प्रचण्डको यस्तो निर्णय

भदौ १३, विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको संगठन भद्रगोल भएको भन्दै माथिबाटै घटुवाको प्रारम्भ सुरु गरेको बताएका छन् । पार्टीको संगठन भद्रगोल हुँदा पार्टीले ठूलो क्षेती व्यहोर्नु परेको उनको निष्कर्ष छ । प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले अब पार्टी संगठन चुस्त बन्ने दावी समेत गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विचार, राजनीति र नेतृत्वमा जितेपनि संगठन र चुनावी परिणाममा जित्न नसकेको जिकिर गरे । उनले स्थानीय तहमा माओवादी कम्जोर हुनुमा मुख्य कारण भद्रगोल संगठन भएको बताए । उनले भने 'अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।'

माओवादीकै कारण देशको एकता र समृद्धि सम्भव भएको प्रचण्डले बताए । उनले पार्टी छाडेर अलग भएकाहरुलाई जनताले नरुचाएको भन्दै पार्टी छाड्नेहरुको भविष्य समाप्त हुने ठोकुवा गरे । उनले जनताले दिएको आदेशको अबज्ञा नगर्न भन्दै अलग धारमा लागेकाहरु अब केन्द्रमै फर्कन आग्रह गरे  । 

प्रचण्डले पछिल्लो १० महिना माओवादीको लागि निकै फलदायी रहेको समेत बताएका छन् । उनले भने – 'हामीले देशलाई एकतावद्ध गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं । छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं । आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन ।’ ११ वर्षपछि मधेशमा जागरण आएको बताएका प्रचण्डले मधेसमा माओवादी प्रवेस गर्ने र माओवादीको समर्थनमा लहर सृजना भएको दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली