२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’ हुन्छ : खानेपानीमन्त्री

२०८२, २७ जेष्ठ सोमबार १५:३९
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाका ‘टेन्डर’ आह्वान गरिने बताउनुभएको छ ।
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानीका आयोजनाको निर्माण गर्न एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेन्डर आह्वान गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एडिबीको ऋण सहयोगमा सञ्चालन हुने कुल १२ आयोजनामध्ये, पहिलो चरणमा कम्तीमा ६ आयोजनाको तत्काल सुरुआत गर्ने गरी काम अघि बढाउँछौँ । यसका लागि सम्बद्ध सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।”
खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिकालगायत सरोकारवालाकोे साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइने मन्त्री यादवले बताउनुभयो । छलफलमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ र ई रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार