२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

२०८२, २७ जेष्ठ सोमबार १५:४३
 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गर्नुभएको छ ।
नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले  उक्त बेसिनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो  । “यहाँ रहेका ६ वटा नदीहरूमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर छ,” ऊर्जामन्त्री खड्काले भन्नुभयो ।
मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रोपटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताउनुभयो । उहाँले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीले अब साबिकभन्दा नहरबाट पाँच गुणा बढी भूमिमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताउनुभयो ।
“यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ, ‘यहाँका नागरिकले ३५ वर्ष सिँचाइका लागि जुन सङ्घर्ष गर्नु परेको थियो, तपाईंहरूको पीडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,” उहाँले भन्नुभयो ।
सांसद चौधरीले उक्त क्षेत्रको डुबानको समस्या समाधानका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेर दीर्घकालीन समाधान निकाल्न समेत मन्त्री खड्कालाई आग्रह गर्नुभएको थियो ।
नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन रू ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो ।  विक्रम संवत् २०३९ मा निर्माण भएको नहरको सिँचाइ क्षमता आठ हजार ७०० हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिँचाइ हुँदै आएको थियो ।
आज उद्घाटन भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनाका साथै आठ हजार ७०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार