४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

२७ जेष्ठ २०८२, सोमबार १५:४३
 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गर्नुभएको छ ।
नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले  उक्त बेसिनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो  । “यहाँ रहेका ६ वटा नदीहरूमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर छ,” ऊर्जामन्त्री खड्काले भन्नुभयो ।
मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रोपटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताउनुभयो । उहाँले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीले अब साबिकभन्दा नहरबाट पाँच गुणा बढी भूमिमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताउनुभयो ।
“यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ, ‘यहाँका नागरिकले ३५ वर्ष सिँचाइका लागि जुन सङ्घर्ष गर्नु परेको थियो, तपाईंहरूको पीडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,” उहाँले भन्नुभयो ।
सांसद चौधरीले उक्त क्षेत्रको डुबानको समस्या समाधानका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेर दीर्घकालीन समाधान निकाल्न समेत मन्त्री खड्कालाई आग्रह गर्नुभएको थियो ।
नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन रू ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो ।  विक्रम संवत् २०३९ मा निर्माण भएको नहरको सिँचाइ क्षमता आठ हजार ७०० हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिँचाइ हुँदै आएको थियो ।
आज उद्घाटन भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनाका साथै आठ हजार ७०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की