२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै

२०८२, ३१ जेष्ठ शुक्रबार १६:५२
काठमाडौँ । ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । भोजपुर जिल्लाको दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो । सुनसरीको कोसी टप्पु, उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, भोजपुर हतुवागढीको माइबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्ज्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ग्रेटर मुन्दुम पदमार्ग निर्माण भइरहेको छ ।
भोजपुरको हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिकामा पदमार्ग निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । हतुवागढी गाउँपालिका–९ हसनपुरको होम्पुवा भञ्ज्याङबाट पदमार्ग निर्माण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पदमार्गको शून्य विन्दु माइबेनी भए पनि हाललाई होम्बुवाबाट काम अघि बढेको उहाँले जानकारी दिनुभयो । यहाँ स्वीस सरकारसँगको साझेदारीमा करिब रु ३२ लाख लागतमा पदमार्ग निर्माण भइरहेको छ ।
हतुवागढी–३ सिन्द्राङमा सङ्घीय सरकारको रु १८ लाख लागतमा पदमार्ग निर्माण भइरहेको अध्यक्ष राईको भनाइ छ । तोसिखोमबाट सङ्खाम जोर आहालसम्म पदमार्ग निर्माण गरिनेछ । रामप्रसाद राई गाउँपालिकामा चालु  आर्थिक वर्षमा एक हजार ३०० मिटर पदमार्ग निर्माण गरिनेछ । यहाँ वडा नं ६ मा पर्ने थाम डाँडा, गोल्मे राजा, गोल्मे रानी आसपासमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । हालसम्म करिब २०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । रामप्रसादराई गाउँपालिकामा पहिलो चरणमा करिब रु ३० लाख लागतमा पदमार्ग निर्माण भइरहेको छ ।
त्यस्तै आमचोक गाउँपालिकामा करिब दुई किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यहाँ दाबुराङबाट थाम डाँडासम्म पदमार्ग निर्माण हुने छ । चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत तथा सङ्घीय सरकारको ८ प्रतिशत लागत साझेदारी हुने बताइएको छ ।
ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोसी टप्पुबाट सुरु भएर उदयपुरको मैनामैनी भोजपुर हतुवागढीको माइबेनी, शिलासुत्केरी, सङ्खामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसाद राई–६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागछाँगा, वडा नं २ को पाप्माखाम गढी, बतासे र वडा नं १ ओख्रेहुँदै टेम्केमैयुङ–९ को कपासे भञ्ज्याङसम्म विस्तार हुने रामप्रसाद राई–६ वैकुण्ठेका वडाध्यक्ष एकराज आचर्यले बताउनुभयो ।
तावाभञ्ज्याङमा यसअघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएसँगै भोजपुर साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाइ करिब १६८ किलोमिटर हुने छ । यो कार्यक्रम २०८५ सालसम्म सञ्चालन हुने छ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगरअन्तर्गत काम भइरहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार