२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सभामुखद्वारा रास्वपा र राप्रपा नेताहरूसँग संसद अवरोधबारे छुट्टाछुट्टै संवाद

१ असार २०८२, आईतवार १२:०७

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोध समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

आज बिहान बानेश्वरस्थित कार्यकक्षमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँगको भेटमा सभामुख घिमिरेले संवैधानिक दायित्वअनुसार बजेटमाथिको छलफल सुरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अवरोधको स्वरूपमा बदल्न आग्रह गरेका थिए। उनले संसदलाई मर्यादित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

जवाफमा कार्यवाहक सभापति अर्यालले रास्वपाले आफ्नो अडान यथावत् राख्दै अवरोध जारी राख्ने जानकारी गराए पनि संसद्को गरिमा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। शुक्रबारको बैठकमा देखिएको अव्यवस्थित अवस्था र संसदीय मर्यादासम्बन्धी विषयमा बिहानै प्रमुख सचेतकहरूले पनि सभामुखको ध्यानाकर्षण गराएका थिए।

यसैबीच, सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग टेलिफोन संवाद गर्दै संसद्को अवरोध हटाउन अनुरोध गरेका छन्। संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै उनले आफ्ना विषयहरू संसद्मै उठाएर सदन सञ्चालनमा सहयोग पुर्‍याउन राप्रपालाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव