२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सदनमा विरोध जारी राख्ने रास्वपाको अडान : प्रमुख सचेतक परियार

१ असार २०८२, आईतवार १२:५६

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा आफ्नो विरोध जारी राख्ने जनाएको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले एमालेसँग दुई बुँदे सहमति गर्दै अवरोध अन्त्य गरे पनि आफूहरूले उठाएको मुद्दा समाधानमा नपुगेसम्म सदनमा विरोध कायम रहने बताएका छन्।

यसअघि माओवादी केन्द्र एमालेसँग सहमति गर्दै सदन सञ्चालनमा सहकार्य गर्न राजी भएको थियो। तर, रास्वपाले उक्त सहमति आफूलाई थाहा नदिई गरिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।

सभामुख देवराज घिमिरेले संसद अवरुद्ध अवस्थाबाट मुक्त गराउने प्रयासस्वरूप रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग आज बिहान छुट्टाछुट्टै छलफल गरेका थिए।

सभामुखले बजेटमाथिको छलफल संवैधानिक आवश्यकताअनुसार सुरु गर्नुपर्ने बाध्यता रहेको भन्दै रास्वपालाई अवरोध नगर्न आग्रह गरेका छन्। तर, छलफलले सहमति नजुट्दा निर्धारित समयमा संसद बैठक सुरु हुन सकेको छैन।

संसद सुचारु गर्न सभामुखको पहल जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव