२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अर्थमन्त्रीको सम्बोधनका बीच सांसद पाण्डेको सभामुखलाई सुझाब : सहमतिमा सदन चलाउनुस्

२०८२, १ असार आईतवार १३:५६

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल प्रारम्भ गर्न सभामुख देवराज घिमिरेले अनुमति दिन खोज्दा प्रतिनिधिसभामा बाधा उत्पन्न भयो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथिको सामान्य छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गरिरहेका बेला नाराबाजीका कारण सदनमा अवरोध देखिएको हो।

यहीबीच, नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेलाई सभामुखले बोल्न समय दिए। पाण्डेले अर्थमन्त्रीले बजेटबारे राखेको भनाइ महत्त्वपूर्ण रहेको तर नाराबाजीका कारण आफूहरूले स्पष्ट रूपमा सुन्न नसकेको गुनासो जनाएका हुन्।

उनले संसद सञ्चालनको तरिकाबारे सभामुखप्रति संकेत गर्दै भने, “सभामुखज्यू, सभा सञ्चालन गर्ने तपाईँको तरिका उपयुक्त भएन। यस्तो संवेदनशील विषयमा सहमति खोजेर अघि बढ्नुपर्छ।”

नाराबाजीबिच सदन सञ्चालन गर्दा बजेटबारेको अर्थमन्त्रीको प्रस्ताव खल्लो भएको भन्दै संसद् रोकेर सहमति गरेर सदन चलाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन