Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्छ: नेपाल

२०७४, १६ भाद्र शुक्रबार १२:५०

भदौ १६, चितवन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताउनुभएको छ । 

नेपाल दूरसञ्चार कर्मचारी संघको आठाँै केन्द्रीय परिषद्को आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उहाँले एकै चरणमा निर्वाचन हुँदा सबैलाई सहज हुने भए पनि सरकारले मंसिरमा चरणबद्ध निर्वाचन गर्न लागी जनता झुक्काउने काम गरेको दोषारोपण गर्नुुभयो । समय समयमा मिति सार्दै जाँदा निर्वाचन नहुने खतरा बढ्ने बताउँदै उहाँले सरकार निर्वाचन गराउनभन्दा पनि कर्मचारी भर्ना, सरुवा, बढुवामा लागेको आरोप लगाउनुभयो । 

पर्यटक भित्र्याएर मुलुक समृद्ध बनाउनका लागि वार्षिक एक करोड पर्यटक भित्र्याउने तयारीमा लाग्न सरकारलाई आग्रह गर्नुभयो । नेपाल टेलिकमका कर्मचारीलाई राजनीति छाडेर गुणस्तरीय सेवा दिनेतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो ।  

सो अवसरमा संघका सल्लाहकार अशोक कर्ण र उपाध्यक्ष दामोदर केसी, कर्मचारी युनियनका अध्यक्ष राजकुमार मेहता, वर्कस युनियनका अध्यक्ष राजेन्द्र दाहाललगायतले बोल्नुभएको थियो । संघका केन्द्रीय अध्यक्ष राजबहादुर रावलको अध्यक्षतामा भएको परिषद् बैठक शनिबारसम्म चल्नेछ । 

बैठकले सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्दै विधान संशोधन गर्ने छ । बैठकमा पाँच सयको सहभागिता छ । बैठक चितवन घोषणापत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै