२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह

२०८२, ६ असार शुक्रबार १५:५५

काठमाडौँ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारितालाई मर्यादित पेसा भएको अनुभूति गराउन जरुरी भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले महिला पत्रकारका लागि कञ्चनपुरमा आज आयोजना गरेको दुईदिने प्रशिक्षणमा उहाँले धेरै चुनौती पार गरेर पत्रकारिता जगत् वर्तमान अवस्थामा आइपुगेकाले पेसालाई मर्यादित बनाउनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्रीले सीमित स्रोतसाधनबाट नै सरकारले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय समाचार समितिको भवन निर्माण, ‘पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम’, ‘सहिद दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार’को अक्षय कोष स्थापना, नेपाल टेलिभिजनको स्टुडियो निर्माणलगायत सञ्चार संस्थालाई बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले, प्रदेश पत्रकार महासङ्घका अध्यक्ष भरत शाह, प्रेस काउन्सिल नेपालका पूर्वसदस्य हरि जोशी, पत्रकार चित्राङ्ग थापाले मुलुकमा अभ्यास भएको पत्रकारिताका बारेमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार