३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

म्याग्दीमा बजेट नपरेको भन्दै,कांग्रेस र एमालेका नेता कार्यकर्ता मास्क लगाउने अवस्था आयो: नेता जुग्जाली

९ असार २०८२, सोमबार १३:५३

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्।

उनको गृह जिल्ला म्याग्दीमा बजेट नपरेको भन्दै उनले बजेट पुस्तिका रोष्ट्रममै च्यातेका हुन्। गण्डकी सरकारले असार १ गते ल्याएको बजेटमाथि अहिले प्रदेश सभामा छलफल भइरहेको छ। सोमबार भएको छलफलमा सांसद जुग्जालीले आफ्नो मन्तव्य बजेट पुस्तिका च्यातेर टुंग्याएका थिए।

‘यो किताब म्याग्दीलाई कुनै अर्थ नभएकाले सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद,’ उनले किताब च्यात्दै भनेका थिए। नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।

एमाले र माओवादी केन्द्र गठबन्धन भएपछि जुग्जाली मन्त्रीबाट हटेका थिए भने उनको ठाउँमा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ मन्त्री भएका थिए।

कांग्रेस र एमालेको गठबन्धन बनेपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल बनेको छ। जुग्जालीले सोमबारको छलफलमा मुख्यमन्त्री र मन्त्रीहरूले म्याग्दीको भूगोल नबुझेको दाबी गरे। प्रतिपक्षमा म्याग्दीबाट २ जना सांसद रहेको र उनीहरूका योजनामा विनियोजित बजेट लैजान पनि उनले सरकारलाई आग्रह गरे। प्रदेश सरकारले बजेट बनाउँदा ७० प्रतिशत बजेट पुराना बहुबर्षे योजनालाई र ४० प्रतिशत नयाँ योजनालाई बजेट विनियोजन गर्नुपर्ने उनले तर्क गरेका थिए।

‘५९ प्रतिशत हाराहारी बजेट पुराना बहुबर्षे योजनालाई हालेको देखियो। ४० प्रतिशत बजेट नयाँ योजनामा राखियो,’ उनले भने, ‘७० प्रतिशत बहुबर्षे योजनामा दायित्व राख्नुपर्थ्यो।’

म्याग्दीमा बजेट कम विनियोजन गरेको भन्दै जुग्जालीले कांग्रेस र एमालेका नेता कार्यकर्ता मास्क लगाएर हिँड्नुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन