२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतका पूर्व उपराष्ट्रपतिसँग भेटवार्तामा रास्वपाका सांसद सोबिता गौतम र हरि ढकाल

२०८२, ९ असार सोमबार १४:२२

काठमाडौँ । भारतका पूर्व उपराष्ट्रपति एम. बैंकैया नायडूसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्दवय सोबिता गौतम र हरि ढकालले भेटवार्ता गरेका छन् ।शनिबार प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्यको बंग्लोरमा पुगेका सांसदद्वय गौतम र ढकालले पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्ताका क्रममा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको सांसद गौमतले जानकारी दिइन् । त्यस्तै, आफूहरूले पार्टीका मुल दृष्टिकोण राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत जानकारी गराएको सांसद गौतमले जानकारी गराएकी छिन् ।

‘यो भेटवार्ता पूर्णत: अनौपचारिक प्रकृतिको थियो । उहाँको आत्मीयता, अनुभव र विचारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं,’ सांसद गौतमले भनेकी छिन् । यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याउने विश्वास उनले व्यक्त गरेकी छिन् ।

उपराष्ट्रपति नायडूलाई भारत सरकारले दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणले सम्मानित गरेको थियो । सांसद गौतम र ढकाल कर्नाटकमा आयोजित पार्टीको सभामा सहभागी भएका थिए । सो क्रममा उल्लेख्य संख्यामा समर्थकको उपस्थिति थियो ।

सोही सभालाई सम्बोधन गर्दै सांसद गौतमले आगामी निर्वाचनमा सहभागी हुनेगरी तयारी गर्न पार्टीका शुभेच्छुकलाई आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार