२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

१० असार २०८२, मंगलवार १४:३७

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा सामेल हुन आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री लरेन्स वोङको चीनको पहिलो आधिकारिक भ्रमण बिहीबारसम्म हुनेछ ।
उहाँले मङ्गलबार बिहान बेइजिङको भव्य ग्रेट हल अफ द पिपलमा सीसँग भेट गर्नुभयो । राज्य प्रसारक सिसिटिभीका अनुसार भेटमा सीले चीन र सिङ्गापुरलाई ‘इतिहासको सही पक्षमा र निष्पक्षता र न्यायको पक्षमा उभिन’ काम गर्न आग्रह गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष चीन र सिङ्गापुरलगायत देशहरूमा करको अवरोध सुरु गर्नुभएपछि संयुक्त राज्य अमेरिकामाथि परोक्ष रूपमा प्रहार गर्दै सीले भन्नुभयो, “विश्व आधिपत्यमा फर्किन सक्दैन वा जङ्गलको कानूनमा फिर्ता तानिन सक्दैन ।”
बदलामा वोङले सीलाई ‘विश्वव्यापी अशान्ति र अनिश्चितता’ को समयमा सिङ्गापुर–चीन सम्बन्ध ‘पहिलेभन्दा बढी महत्त्वपूर्ण’ भएको विश्वास गरेको बताउनुभयो ।
“हामी घनिष्ठ सम्बन्ध स्थापना गर्न सँगै काम गर्न सक्छौँ र… सबै देशको फाइदाका लागि बहुपक्षवाद र नियम–आधारित विश्वव्यापी व्यवस्थालाई बलियो बनाउन जारी राख्न सक्छौँ”, वोङले भन्नुभयो ।
सन् २०२४ मा संस्थापक प्रधानमन्त्री ली कुआन यूका छोरा ली सिएन लुङको उत्तराधिकारी बन्नुभएका वोङले व्यापारमा निर्भर सहर–राज्यलाई ट्रम्पको करबाट नराम्रो असर पर्नसक्ने चेतावनी दिनुभएको छ ।
यद्यपि ट्रम्पले सिङ्गापुरमा आधारभूत १० प्रतिशत शुल्क लगाउनुभए पनि देश अन्तर्राष्ट्रिय व्यापारमा भारी निर्भरताका कारण दर्जनौँ अन्य देशमा लगाइएको धेरै उच्च करले गर्दा हुने विश्वव्यापी आर्थिक मन्दीको जोखिममा छ ।
बेइजिङमा आफ्नो बैठकपछि वोङ विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन उत्तरी चिनियाँ सहर तियान्जिन जानुहुनेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य