३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे

१० असार २०८२, मंगलवार १६:२८
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारकर्मीले सत्यतथ्य समाचार प्रकाशन÷प्रशारण गरेर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा आज पोखरामा आयोजित ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “कतिपय अवस्थामा मिडियाले सत्यतथ्य समाचार सम्प्रेषण नगर्दा दुःख लाग्छ ।”
सूचनाको हक लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएकाले गण्डकी प्रदेश सरकारले मिडिया नियन्त्रण गर्न नचाहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सत्यतथ्य समाचारको पक्षमा सधैँ उभिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्रताको नाममा छाडातन्त्र भएकाले सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक देखिन्छ ।” प्रमाणका आधारमा समाचार प्रकाशित भयो कि भएन भनेर पत्रकार आफैँले मनन गर्न जरुरी भएको जिकिर गर्दै उहाँले मनको तृष्ण मेटाउन जिम्मेवार पेसाको  दुरुपयोग गर्न नहुने सुझाव दिनुभयो ।
आम नागरिकलाई राज्यको कामकारबाहीका बारेमा जानकारी दिनु सरकारको दायित्व भएको बताउँदै उहाँले पत्रकारिता केवल सूचना दिने माध्यम मात्र नभई समाजमा उत्तरदायित्व, पारदर्शिता र सुशासन सुनिश्चित गर्ने खम्बा रहेको उहाँले उल्लेख गर्नुभयो । लोकतन्त्रमा मात्र पत्रकारिता फस्टाउन सक्ने भएकाले सञ्चारकर्मीले यसबारे कलम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पोखरा उच्च अदालत बार एसोसिएसन, कास्कीका अध्यक्ष शालिग्राम भट्टराईले नेपालको संविधानले सूचनाको हक प्राप्त गर्ने अधिकार दिएकाले अधिकारबाट कोही वञ्चित हुन नहुने बताउनुभयो । लोकतन्त्र बलियो बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
नागरिक समाजका तर्फबाट बोल्दै नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जनताले उठाएका कुरालाई चासो दिएर सूचना प्रवाह गर्न सके मात्र लोकतन्त्रको अनुभूति गर्न सकिने बताउनुभयो । “अब पत्रकारहरुले पारदर्शीका कुरा मात्र हैन, मुलुकको संरचनामा पनि बहस गर्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।
महासङ्घका अध्यक्ष उमिद वादचन्दको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महासङ्घका महासचिव पूर्णप्रसाद मिश्रले सूचनाको हक र वर्तमान अवस्थाका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’