२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक छ’:

२०८२, २० असार शुक्रबार १७:०३
काठमाडौं ।  लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरिले जनसङ्ख्याका आधारमा राज्यका हरेक निकायमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
शङ्करनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा–८ द्वारा आयोजित ‘महिला सशक्तीकरण, उद्यम विकास तथा गरिबी निवारण’ विषयक दुई दिने तालिमको उद्घाटन गर्दै उहाँले महिला सहभागिता जनसङ्ख्याका अनुपातमा हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्वमुख्यमन्त्री गिरिले आरक्षणका आधारमा महिला प्रतिनिधित्व केही बेढे पनि त्यो पर्याप्त नभएको भन्दै वास्तविक प्रतिनिधित्वका लागि जनसङ्ख्यालाई आधार मान्नु उपयुक्त हुने धारणा राख्नुभयो ।
यसैगरी उहाँले व्यवस्थामा परिवर्तन भए पनि नागरिकको जीवनस्तर परिवर्तन हुननसकेको भन्दै सबै निकायमा दबाब सिर्जना गरी वास्तविक सुधारका लागि पहल लिनुपर्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रवीन्द्र बस्नेतले समूहको वार्षिक कार्ययोजनाअनुसार उपभोक्ता तथा पार्षद् सदस्यहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, उद्यम प्रवर्द्धन र गरिबी न्यूनीकरणको उद्देश्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो ।
वन तथा वातावरण सुरक्षाविज्ञ दामोदर शर्मा तिवारी, वरिष्ठ सल्लाहकार टेकबहादुर थापा, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारीलगायतले दुई दिने तालिमले महिला सशक्तीकरण, वन विकास तथा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समूहका कोषाध्यक्ष भुवन आचार्यका अनुसार तालिममा मुलुकी फौजदारी संहिता, योजनाको अवधारणा, स्थानीय तहमा योजना तर्जुमा प्रक्रिया, लैङ्गिक न्याय, महिला सशक्तीकरण, सूचनाको हक र सार्वजनिक रूपमा बोल्ने कला जस्ता विषयमा सहजीकरण गरिनेछ ।
तालिमको प्रमुख प्रशिक्षकमा लुम्बिनी प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता खुमकान्त पौडेल, न्यायाधीश ईश्वर पराजुली, तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अधिवक्ता हेमा न्यौपाने, पत्रकार खिमानन्द भट्टराई तथा वातावरणविज्ञ दामोदर शर्मा तिवारी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार