२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उद्धार व्यवस्थित र प्रभावकारी बनाउन सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण

२४ असार २०८२, मंगलवार १६:५३
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद मोहन आचार्यले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धारलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार सामाजिक सञ्जालमार्फत उहाँले चीनको तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएर दुई देशबीचको आवागमन पूर्णरूपमा अवरुद्ध भएको घटनाले सबै नेपालीलाई मर्माहित बनाएको उल्लेख गर्नुभएको छ ।
“बाढीका कारण रसुवाको टिम्मुरे भन्सार यार्ड, त्यहाँ रहेका सामग्री र अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ“, सांसद आचार्यले उल्लेख गर्नुभएको छ, “उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत जोखिममा परेको खबरले थप चिन्ता सिर्जना गरेको छ ।”
मानवीय क्षतिको आशंका र उद्धारमा देखिएको कठिनाइका कारण क्षतिको सम्पूर्ण विवरण अझै आइनसकेको जनाउँदै उहाँले सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षले उद्धार तथा राहत सामग्र वितरणलाई उच्चतम प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
अहिले आफू प्रभावित क्षेत्रमा रहेको उल्लेख गर्दै सांसद आचार्यले उद्धार अझ प्रभावकारी र समन्वित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सङ्कटको घडीमा सरकारको सक्रियता निर्णायक हुने उहाँको भनाइ छ ।
उहाँले बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गर्नुभएको छ । “हामी सदैव तपाइँहरूको साथमा छौँ,” उहाँले भन्नुभएको छ, “हामी सबै एकजुट भएर यो विपत्तिलाई पार गर्नेछौँ भन्ने दृढ विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ