२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

परराष्ट्रमन्त्री डा राणा र जर्मनीका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

२०८२, २४ असार मंगलवार १७:०५
 काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा जोहान डेविड वेडफुलबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारमध्येको एक प्रमुख देश जर्मनीबाट आर्थिक, सामाजिकलगायतका क्षेत्रमा निरन्तर सहयोग प्राप्त भएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकप्रति धन्यवादज्ञापन गर्नुभयो ।

मन्त्री डा राणाले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार–व्यवसायलाई थप प्रवद्र्धन गर्न सामूहिक प्रयास हुनुपर्ने र दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखानालगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा मन्त्री डा राणाले सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि यसलाई सहज एवं दिगो बनाउन आवश्यक रणनीति बनाइरहेको जानकारी दिँदै त्यसपछिका दिनमा पनि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरुबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।

त्यसैगरी, मन्त्री डा राणाले सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्य र सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिएको जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुहुँदा विदेशमन्त्री डेविडले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयको सचिवालयले जनाएको छ ।

जर्मनी नेपालका लागि युरोपको दोस्रो ठूलो पर्यटक स्रोत रहेको तथा दुई देशबीच पर्यटनको ठूलो सम्भावना रहेको भए पनि प्रत्यक्ष हवाई सम्पर्कको अभावमा यसबाट पूर्ण मात्रामा लाभ लिन नसकिरहेकाले दुई देशबीच सिधा उडानका लागि पनि मन्त्री डा राणाले सो अवसरमा आग्रह गर्नुभयो ।

नेपाली ‘एयरलाइन्स’हरू युरोपियन युनियनको हवाई सुरक्षा सूचीमा सूचीबद्ध भएपछिको उडान प्रतिबन्धका कारण नेपाल र युरोपबीच सिधा उडानहरू हुन नसक्दा दुई देशबीचको पर्यटन प्रवद्र्धनमा गम्भीर असर परिरहेको उहाँले स्पष्ट गर्नुभयो ।

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्न संसद्मा दुई विधेयक पेस गरेको र प्रस्तावित कानुन विश्वकै उत्कृष्ट अभ्यास मात्र नभएर इयु र आइकाओको सिफारिसबमोजिम रहेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि इयुको एक प्रभावशाली सदस्य राष्ट्रसमेत रहेको जर्मनीसँग अनुरोध गर्नुहुँदा जर्मनीका विदेशमन्त्री डेविडले सो सम्बन्धमा पनि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

सो भेटका क्रममा परराष्ट्रमन्त्री डा राणाले नेपालमा जलवायु परिवर्तनको अकल्पनीय असर परिरहेको र यसबाट देशले अनेक दुष्परिणाम व्यहोरिरहेको प्रसङ्ग उल्लेख गर्दै नेपाले अघि सारिरहेको जलवायु न्यायको अभियानमा जर्मनीसँग पनि सहयोगको अपेक्षा गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह