२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ

२८ असार २०८२, शनिबार १७:२४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले समग्र देशको विकास गर्न दलित, पछाडिपरेका वर्ग, थारु, आदिवासी, जनजाति र अलपसङ्ख्यक समुदायको राजनीतिक, आर्थिक र सामाजिक विकास गर्नुपर्ने बताउनुभएको छ ।
दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक परिषद्ले आज यहाँ आयोजना गरेको ‘समानता र सामाजिक न्यायको अधिकार’ विषयक अन्तक्र्रियामा उहाँले समाजमा पछाडि परेका समुदायको राज्यका हरेक संरचनामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, “समाजमा सबैभन्दा पिँधमा र उत्पीडनमा परेका भनेको दलित समुदाय हो, उनीहरू राजनितिक बहिष्करणमा परेका छन्, राज्यको स्रोतसाधनबाट उहीहरू अलग छन् । जनसङ्ख्याको आधारमा राज्यका संरचनामा उनीहरूको उल्लेख्य र सक्रिय सहभागिता हुनुपर्छ ।”
पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले मुलुकको राजनीतिक व्यवस्थामा परिवर्तन भएपनि दलित, जनजातिलगायत उत्पीडित समुदायको अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभयो ।
पार्टीका उपाध्यक्ष विधुर ब्रजाचार्यले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रतिनिधिसभा र राष्ट्रियसभामा समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था र स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा सदियौँदेखि कायम रहिआएको जात, जाति, वर्ग, वर्ण र लिङ्ग अर्थात् वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता, बहिष्करण तथा सीमान्तीकरण र विभेद्लाई व्यवहारिक रूपमा उन्मूलन गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका महासचिव लालबाबु राउत अधिकार प्राप्तिको लागि महिला, आदिवासी जनजाति, मधेशी, दलित र उत्पीडित समुदायले एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले राज्यले मुस्लिम समुदायलाई वेवास्ता गरेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक