२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने

३१ असार २०८२, मंगलवार १३:२५
काठमाडौँ |  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने बताउनुभएको छ ।
आज सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसँगको बैठकमा मुख्यमन्त्री सिंहले ती समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
उहाँले  मौजुदा अवस्थामा  प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तात्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बैठक र निर्णय मात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौँ ।”
प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै उहाँले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । “प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट सङ्कटमा रहेका बेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको समेत उपस्थिति रहेको थियो । यस्तै, वर्तमान अवस्थावारे मन्त्रालयगत रूपमा तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
बैठकमा दातृ निकायका प्रतिनिधिहरुले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर