२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

रास्वपाको इटहरी नगर अधिवेशन रोक्न उच्च अदालतको आदेश

८ श्रावण २०८२, बुधबार १७:४६

काठमाडौँ | उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न आदेश दिएको छ । न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले साउन १२ गते दुवै पक्ष अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

 

१० साउनका लागि तय भएको अधिवेशन रोक्न अदालतले बुधबार अल्पकालीन आदेश दिएको हो । नगर अधिवेशन स्थगित गर्नुपर्ने माग गर्दै विष्णुबहादुर बस्नेतले रिट दायर गरेका थिए । बस्नेतले जीवनकुमार श्रेष्ठलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

रिट निवदेक बस्नेतलाई केन्द्रीय अनुशासन समितिले इटहरी उपमहानगरपालिको रास्वपा सभापति पदबाट निलम्बन गरेको थियो । जिल्ला सभापति रहेका जीवनकुमार श्रेष्ठलाई पनि अनुशासन समितिले पदबाट निलम्बन गरेको थियो ।

नगर सभापति बस्नेतलाई निलम्बन गरेको समयमा अधिवशेन गर्न नहुने तर्क जिल्ला, नगर तहका असन्तुष्ट नेताहरुले बताएका थिए । नगर अधिवेशनका संयोजकका महेश थापालाई केन्द्रले तोकेको थियो ।

थापाले १ र ३ नम्बर वडाको अधिवशेन गरेका थिए । नगर सभापतिलाई निलम्बन गरेर अधिवेशन गर्नु लोकतान्त्रिक पद्धति अनुसार नहुने हुँदा अधिवशेन रोक्ने माग गर्दै अदालत गएको असन्तुष्ट पक्षका सुनसरीका एक नेताले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव