२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कुलमान घिसिङले भने -‘ग्लोबल हिरो अवार्ड’संसारभरिका नेपालीलाई जोड्दै जाने विश्वास छ

२०८२, १३ श्रावण सोमबार १२:०१

काठमाडौँ | नेपाल विद्यत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि ‘हामी नेपाली ग्लोबल हिरो अवार्ड’ प्राप्त गरेका छन्।

अमेरिकाको न्युयोर्क सहरस्थित ‘हामी नेपाली ग्लोबल सेसेल्स’ले भव्य समारोहका बीच राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँगै घिसिङलाई पनि सो अवार्ड प्रदान गरेको हो।

अवार्ड ग्रहणपछि घिसिङले अवार्ड प्रदान गर्ने संस्थालाई धन्यवाद दिँदै यसको कारणले संसारभरिका नेपालीलाई जोड्दै जाने विश्वास पनि व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘न्युयोर्कमा मलाई ग्लोबल हिरो अवार्डबाट सम्मानित गर्नुभएकोमा हामी नेपाली ग्लोबल संस्थाका अमृत लामालगायत सम्पूर्ण टिमलाई धन्यवाद। यस्तै कार्यले संसारभरिको नेपालीहरूलाई जोड्दै जाओस्। शुभकामना।’

राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप सांसद शाही र विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको हो।न्युयोर्कमा आयोजित अवार्ड प्रदान समारोहमा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उल्लेख्य उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह