२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एक फोन कलले निम्त्याएको युद्ध :प्रधानमन्त्रीको पद गुम्यो,३३ जनाको मृत्यु

१३ श्रावण २०८२, सोमबार १३:२९

काठमाडौँ | एउटा फोन कल, जुन शान्तिका लागि गरिएको थियो, त्यसैले एउटा देशकी प्रधानमन्त्रीको पद खोस्यो र दुई छिमेकी देशलाई युद्धको चपेटामा पुर्यायो। यो थाईल्याण्ड र कम्बोडियाबीचको हालैको सङ्घर्षको अवस्था हो, जसको पछाडि एक शताब्दीभन्दा पुरानो सीमा विवाद, पारिवारिक मित्रता र राजनीतिक धोकाधडी लुकेको छ।

 

चार दिनदेखि जारी यस युद्धमा हालसम्म ३३ जनाको मृत्यु भइसकेको छ भने २ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहलमा दुवै देश युद्धविराम वार्ताका लागि तयार भएको दाबी गरेका छन्। थाईल्याण्ड र कम्बोडियाका सेनाबीच २८ मे बिहान ६ बजे भिडन्त सुरू भयो। करिब १० मिनेटसम्म चलेको गोली हानाहानमा कम्बोडियाली सेनाका लेफ्टिनेन्ट सुओन रौनको मृत्यु भयो। दुवै देशले एक-अर्कालाई पहिले आक्रमण गरेको आरोप लगाए।

यो घटनापछि दुवै देशले सीमामा थप सैनिक तैनाथ गरे। तनाव बढ्दै गएपछि यसलाई शान्त पार्न थाईल्याण्डकी तत्कालीन प्रधानमन्त्री पाइतोंग्तार्न शिनवात्राले १५ जुनमा कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनलाई फोन गरिन्।

दुई नेताबीच १७ मिनेट कुराकानी भयो, तर त्यो कुराकानीको अडियो रेकर्डिङ लिक भयो। यसले थाईल्याण्डमा राजनीतिक भुइँचालो ल्यायो र अन्ततः १५ दिनभित्रै शिनवात्राले आफ्नो पद गुमाउनु पर्यो। त्यसको केही समयपछि, २४ जुलाईमा थाईल्याण्ड र कम्बोडियाबीच औपचारिक रूपमा सङ्घर्ष सुरू भयो।

त्यो फोन कल रेकर्डिङमा त्यस्तो के थियो, जसले थाई प्रधानमन्त्री शिनवात्रालाई पदबाट हटाउन बाध्य बनायो र दुई देशलाई युद्धको मुखमा धकेल्यो ।

फोन कल ११८ वर्ष पुरानो सिमा विवादको बिषयमा थियो |सन् १९०७ मा जब कम्बोडिया फ्रान्सको उपनिवेश थियो, त्यतिबेला दुई देशबीच ८१७ किलोमिटर लामो सीमा निर्धारण गरिएको थियो। थाईल्याण्डले यसको विरोध गर्यो, किनभने नक्सामा ‘प्रिह विहियर’ (प्रिय विहार) मन्दिर कम्बोडियाको भूभागमा देखाइएको थियो।त्यस्तै, ‘ता मुएन थॉम’ मन्दिरलाई थाईल्याण्डमा देखाइयो, जबकि कम्बोडियाले त्यसलाई आफ्नो मान्दै आएको छ। यसरी, दुवै देश सीमा विभाजनबाट असन्तुष्ट थिए र यो विवाद आजसम्म पनि कायम छ।

पाइतोंग्तार्नका पिता र कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेन पुराना मित्र हुन्| उनीहरूको मित्रता सन् १९९० को दशकमा सुरू भएको थियो| पाइतोंग्तार्नका पिता थाक्सिनलाई सत्ताबाट हटाएपछि उनले देश छोड्नुपरेको थियो। त्यतिबेला हुन सेनले नै उनलाई कम्बोडियामा शरण दिएका थिए र सन् २००९ मा आफ्नो आर्थिक सल्लाहकारसमेत बनाएका थिए। यही पुरानो सम्बन्धका कारण सीमा विवाद सुल्झाउन थाक्सिनकी छोरी र तत्कालीन थाई प्रधानमन्त्री शिनवात्राले हुनले सेनलाई फोन गरेकी थिइन्।

सिमा विबाद सल्झाउना खोज्दा उल्टै तनाबको अवस्था सम्म पुर्यायो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला