२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युवतीहरू “चोरी” गरेपछि जेफ्री एपस्टाइनसँग सम्बन्ध बिग्रियो: राष्ट्रपति ट्रम्प

१५ श्रावण २०८२, बुधबार १४:२०

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मार-ए-लागो बीच क्लब स्पामा काम गर्ने युवतीहरू “चोरी” गरेपछि जेफ्री एपस्टाइनसँग सम्बन्ध बिग्रिएको बताएका छन् ।

स्कटल्यान्ड भ्रमण सकेर फर्कने क्रममा ट्रम्पलाई एपस्टाइनसँगको सम्बन्धबारे सोधिएको थियो । जवाफमा उनले भने, “एपस्टाइनले मार-ए-लागो बीच क्लब स्पामा मेरा लागि काम गर्ने केही लगे । मैले अब नगर भनेँ । तर, उनी रोकिएनन् । त्यसपछि सम्बन्ध बिग्रिएको हो ।”

 

कर्मचारीहरू युवती हुन् कि भनेर सोध्दा ट्रम्पले भने – हो । ट्रम्पले थपे, “तीमध्ये एक भर्जिनिया गिफ्रे थिइन्, जसले सन् २००० को गर्मीमा मार-ए-लागोमा काम गर्न थालेको बताएकी थिइन्, जब उनी १६ वर्षकी थिइन् ।”

सन् २०१९ मा खोलिएका अदालतका कागजातहरू अनुसार गिफ्रेले आरोप लगाएकी छिन्, “म स्पामा काम गरिरहेको बेला एपस्टाइनलाई मसाज दिन घिसलेन म्याक्सवेलले मलाई भर्ती गरेकी थिइन् ।”

गिफ्रेले बेलायती राजकुमार एन्ड्रयू र एपस्टाइनमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्, जुन आरोप दुवैले अस्वीकार गरेका थिए । यस वर्षको सुरुमा अष्ट्रेलियामा उनले आत्महत्या गरेर मृत्युवरण गरिन् ।

एपस्टाइनकी पत्नी घिसलेन म्याक्सवेलको कानुनी टोलीले कडा कानुनी सुरक्षा प्रदान गरिएमा मात्र मुद्दाको बारेमा के थाहा छ भन्नेबारेमा अमेरिकी कंग्रेससमक्ष बयान दिने संकेत गरेपछि ट्रम्पको यस्तो कुरा आएको हो ।

एपस्टाइन मुद्दामा थप खुलासाका लागि सार्वजनिक दबाबका बीचमा २० वर्षको जेल सजाय भोगिरहेकी म्याक्सवेललाई अगस्ट ११ मा सांसदहरूसमक्ष बयान दिन बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला