२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘अप्रेसन सिन्दूर? कि अपमान सिन्दूर?’ – जया बच्चनको मोदी लक्षित टिप्पणी

१६ श्रावण २०८२, बिहीबार १३:१०

काठमाडौँ | भारतको समाजवादी पार्टीकी सांसद तथा वरिष्ठ अभिनेत्री जया बच्चनले नरेन्द्र मोदी सरकारप्रति आक्रामक अभिव्यक्ति दिँदै ‘अप्रेसन सिन्दूर’को नामप्रति नै आपत्ति जनाएकी छन् । पहलगाम आतंकी हमलापछि भारतले पाकिस्तानमाथि गरेको युद्धलाई अप्रेसन सिन्दूरको नाम दिएको छ ।

बुधबार भारतको माथिल्लो सभा राज्यसभामा सम्बोधन गर्दै जया बच्चनले पहलगाम आतंकवादी हमलापछि भारतको प्रतिशोधात्मक कारबाहीलाई अप्रेसन सिन्दूर नामकरण गरिएकोमा प्रश्न उठाएकी हुन् ।

 

बच्चनले भनिन्– जे भयो सबै कुरा फिक्सन जस्तो भयो । केही मान्छे आए, त्यति ठुलो हत्याकाण्ड मच्चाए । एकतर्फ म तपाईहरुलाई बधाई दिन्छु, तपाईहरुले यस्ता लेखकहरूलाई राख्नुभएको छ । तपाईंहरूले भव्य नाम दिनुहुन्छ। यो अप्रेसनको नाम ‘सिन्दूर’ किन राख्नुभयो ? जबकि सिन्दूर त उजाडियो । जो मारिए, जसका पत्नी विधवा भए सिन्दूर त उजाडियो ।

अभिनेत्री बच्चनले मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेपछि कश्मीरमा आतंकवाद खत्तम भयो भनेर ढोल पिटेको स्मरण गराइन् । मोदी सरकारको भरोसा मानेर यात्री कश्मीर जाँदा यति ठुलो घटना भएको भन्दै उनीहरूले मोदी सत्तालाई कहिल्यै माफ नगर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला