२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्व राष्ट्रपतिकी श्रीमतीलाई भ्रष्टाचार अभियोगमा पक्राउ

२०८२, २९ श्रावण बुधबार १६:०४

काठमाडौँ | दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओलकी श्रीमतीलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरिएको छ । सरकारी अनुसन्धानकर्ताहरूले घुसखोरी, स्टक हेरफेर र उम्मेदवार छनोटमा हस्तक्षेप लगायत विभिन्न संदिग्ध अपराधहरूको अनुसन्धानका लागि किम केन हीलाई हिरासमा लिएका हुन् ।

मंगलबार राति पक्राउ वारेन्टको लागि विशेष अभियोजकको अनुरोधलाई स्वीकृत गर्दै सियोल केन्द्रीय अदालतले जेलमा रहेका पूर्व राष्ट्रपतिकी पत्नीले प्रमाणहरु नष्ट गर्ने जोखिम रहेको भन्दै हिरासतमा राख्न अनुमति दिएको हो ।

किममाथिको अनुसन्धान सियोलको नयाँ उदारवादी सरकार अन्तर्गत सुरु गरिएको तीन विशेष अभियोजक अनुसन्धानहरू मध्ये एक हो । उनका पतिलाई गत अप्रिलमा पदबाट हटाइएको थियो । त्यसअघि डिसेम्बरमा उनले देशमा मार्शल ल लागू गरेका गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो