१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको सुविधाको लागि गठन भएको मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो : मन्त्री सिंह

२ भाद्र २०८२, सोमबार १४:५०

काठमाडौँ | उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको सुविधाको लागि गठन भएको मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थालेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताको सेवा, सुविधाको लागि काम गर्न भनेर मन्त्रालयहरु गठन भएको भन्दै संस्थालाई अघि बढाउने काममा कमि कमजोरी र ढिला सुस्ती देखिएको बताए ।

उनले भने, ‘मैले के देखि रहेको छु भने संस्थालाई अघि बढाउने काममा तपाईहरुको कमि कमजोरी देखिएको छ । जनताको सेवा सुविधाको लागि काम गर्न भनेर त मन्त्रालयहरु गठन भएको, सेवामा नै अनावश्यक रुपमा ढिला सुस्ती गर्न थालेपछि गाह्रो हुने भयो नि, मैले देखे अनुसार प्रोजेक्टमा लिड गरिरहेकाहरुले सहि समयमा निर्णय गर्न सक्दैँनन् । ऐन, नियम र निर्देशिकाको आधारमा काम त गर्नुपर्यो नि । तर यहाँ अलि ढिला गर्ने, आफूलाई केही फाइदा हुन्छ कि भनेर काम गर्ने प्रवृत्ति देखिएको छ ।’

यस्तै, उनले ३ वर्षमा सक्नु पर्ने कामलाई ६ वर्ष लगाउने भनेपछि यसले मन्त्रालयले काम नै नगरेको जस्तो देखाएको भन्दै सलाई सुधार गर्न नेपाल सरकारको कर्मचारी भएपछि आफ्नो जिम्मेवारी अनुसार ऐन कानूनलाई आधार मानेर काम गर्नुपर्ने बताए । उनले भने, ‘आफ्नो स्वार्थ मात्र हेरेर काम हुन्छ । कर्मचारीहरुले पूरा गर्नुपर्ने जिम्मेवारी त गर्नुपर्यो नि, विकाससँग सम्बन्धित मन्त्रालय भएको हुनाले सबैको आँखा यतै हुन्छ । ३ वर्षमा सक्नु पर्ने काम ६ वर्ष लाग्ने, २ वर्षमा सक्नु पर्ने ४ वर्ष लगाउने भनेपछि यसले मन्त्रालयले काम नै गर्दैन् रहेछ भन्ने पो देखियो त, यसलाई सुधार गर्न नेपाल सरकारको कर्मचारी भएपछि आफ्नो जिम्मेवारी अनुसार ऐन कानूनलाई आधार मानेर निर्णय गर्नुपर्ने ठाँउमा गर्नुपर्यो नि त ।’

उनले काममा ढिला गरेर केही फाइदा नहुने भन्दै आफूले गर्नुपर्ने काम समयमा नै सकाउन पनि सबैलाई आग्रह गरेका छन् । मन्त्रालयको नेतृत्व गर्ने मन्त्री र सचिवबीच २०८२, ८३ को योजना र प्राथमिकताहरुलाई कार्यान्वयनको लागि इमान्दारिताका साथ काम गर्नको लागि कार्यसम्पादन समितिको बैठक भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव