१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्री ओलीको भारत भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे

२ भाद्र २०८२, सोमबार १६:२०

काठमाडौँ | भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका छन् । सोमबार काठमाडौँमा संघीय लोकतान्त्रिक मोर्चाका नेताहरूसँगको सामूहिक भेटवार्तामा उनले ओलीको भ्रमणलाई फलदायी बनाउने गरी गृहकार्य भइरहेको बताएका हुन् ।

“शिष्टाचार भेटघाट राम्रो भयो । दुई देशको सम्बन्धका विषयमा छलफल भयो,” भेटवार्तामा सहभागी मोर्चाका नेता हृदयेश त्रिपाठीले भने, “उहाँले प्रधानमन्त्रीको भ्रमणलाई फलदायी बनाउने गरी विभिन्न तहमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । फलदायी हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।”

नेपालको दुईदिने भ्रमणमा लागि भारतीय विदेशसचिव मिस्री आइतबार बिहान काठमाडौं आएका थिए । काठमाडौँ आएलगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म गर्ने भारत भ्रमणको तयारीस्वरूप विदेश सचिव मिस्री नेपाल आएका हुन् । यसै क्रममा उनले सोमबार संघीय लोकतान्त्रिक मोर्चाका नेताहरूसँग भेटवार्ता गरेका हुन् । सोमबार भएको भेटवार्तामा मोर्चाका नेताहरू हृदयेश त्रिपाठी, महन्थ ठाकुर, वृषेशचन्द्र लाल, उपेन्द्र यादव, राजेन्द्र महतो सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव