२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्री ओलीको भारत भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे

२०८२, २ भाद्र सोमबार १६:२०

काठमाडौँ | भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका छन् । सोमबार काठमाडौँमा संघीय लोकतान्त्रिक मोर्चाका नेताहरूसँगको सामूहिक भेटवार्तामा उनले ओलीको भ्रमणलाई फलदायी बनाउने गरी गृहकार्य भइरहेको बताएका हुन् ।

“शिष्टाचार भेटघाट राम्रो भयो । दुई देशको सम्बन्धका विषयमा छलफल भयो,” भेटवार्तामा सहभागी मोर्चाका नेता हृदयेश त्रिपाठीले भने, “उहाँले प्रधानमन्त्रीको भ्रमणलाई फलदायी बनाउने गरी विभिन्न तहमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । फलदायी हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।”

नेपालको दुईदिने भ्रमणमा लागि भारतीय विदेशसचिव मिस्री आइतबार बिहान काठमाडौं आएका थिए । काठमाडौँ आएलगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म गर्ने भारत भ्रमणको तयारीस्वरूप विदेश सचिव मिस्री नेपाल आएका हुन् । यसै क्रममा उनले सोमबार संघीय लोकतान्त्रिक मोर्चाका नेताहरूसँग भेटवार्ता गरेका हुन् । सोमबार भएको भेटवार्तामा मोर्चाका नेताहरू हृदयेश त्रिपाठी, महन्थ ठाकुर, वृषेशचन्द्र लाल, उपेन्द्र यादव, राजेन्द्र महतो सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प