२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रविधिमा छिटो प्रगति गर्नेले नै प्रतिस्पर्धामा जित्ने : प्रधानमन्त्री ओली

२०८२, ३ भाद्र मंगलवार १३:३१

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमा छिटो प्रगति गर्नेले नै प्रतिस्पर्धामा जित्ने बताएका छन् । मंगलबार काठमाडौँस्थित भृकुटीमण्डपमा नाडा अटो शो, २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले व्यवसायीमैत्री नीति लिएको बताए ।

सरकारको नीति मुलुकलाई अग्रगमनको यात्रामा अघि बढाउन सहयोग पुग्ने खालको रहेको ओलीको दाबी छ । उनले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिरहेको सरकारले पूर्व–पश्चिम रेलमार्गको तयारी अघि बढाएको बताए । उनले अब पहाडमा सिंगल लेन सडक निर्माण नगरी गुणस्तरीय र दिगो सडक संरचना बनाउन सरकार लागिपरेको बताए ।

उद्घाटन समारोहमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले नाडाले हालसम्म १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको बताए । उनले करिब तीन लाख व्यापारी यस क्षेत्रमा संलग्न रहेको र नेपालमा ९० प्रतिशतभन्दा बढी अटोमोबाइल व्यवसाय नाडाले प्रतिनिधित्व गर्दै आएको जिकिर गरे । चौधरीले युवा पलायन रोक्न नाडा प्राविधिक तालिममार्फत सिपयुक्त जनशक्ति उत्पादन गर्ने तयारीमा रहेको पनि बताए । उनका अनुसार, नेपालमा बिक्री हुने करिब ४० प्रतिशत गाडी नाडामार्फत बिक्री वा बुकिङ हुने गरेका छन् । आउँदो मौद्रिक नीतिले अटोमोबाइल व्यवसायलाई मैत्रीपूर्ण वातावरण दिनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही वर्ष अर्थतन्त्रका लागि चुनौतीपूर्ण भए पनि निजी क्षेत्रको सुझावअनुसार ३० भन्दा बढी कानुन परिमार्जन भएपछि सकारात्मक परिणाम देखिन थालेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता उपलब्ध रहेको उल्लेख गर्दै लगानीका लागि उपयुक्त समय रहेको धारणा राखे । हालै सुरु भएको जलविद्युत् निर्यातले विदेशी मुद्रा भित्र्याउन ठूलो सहयोग गरेको र अर्थतन्त्रलाई सुदृढ बनाउन टेवा दिएको उनको भनाइ छ । ढकालले युरो–६ मापदण्ड अचानक लागु हुँदा अटोमोबाइल क्षेत्रमा समस्या आएको पनि बताए । उनले केही समयका लागि सरकारले छुट दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण