१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रविधिमा छिटो प्रगति गर्नेले नै प्रतिस्पर्धामा जित्ने : प्रधानमन्त्री ओली

३ भाद्र २०८२, मंगलवार १३:३१

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमा छिटो प्रगति गर्नेले नै प्रतिस्पर्धामा जित्ने बताएका छन् । मंगलबार काठमाडौँस्थित भृकुटीमण्डपमा नाडा अटो शो, २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले व्यवसायीमैत्री नीति लिएको बताए ।

सरकारको नीति मुलुकलाई अग्रगमनको यात्रामा अघि बढाउन सहयोग पुग्ने खालको रहेको ओलीको दाबी छ । उनले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिरहेको सरकारले पूर्व–पश्चिम रेलमार्गको तयारी अघि बढाएको बताए । उनले अब पहाडमा सिंगल लेन सडक निर्माण नगरी गुणस्तरीय र दिगो सडक संरचना बनाउन सरकार लागिपरेको बताए ।

उद्घाटन समारोहमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले नाडाले हालसम्म १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको बताए । उनले करिब तीन लाख व्यापारी यस क्षेत्रमा संलग्न रहेको र नेपालमा ९० प्रतिशतभन्दा बढी अटोमोबाइल व्यवसाय नाडाले प्रतिनिधित्व गर्दै आएको जिकिर गरे । चौधरीले युवा पलायन रोक्न नाडा प्राविधिक तालिममार्फत सिपयुक्त जनशक्ति उत्पादन गर्ने तयारीमा रहेको पनि बताए । उनका अनुसार, नेपालमा बिक्री हुने करिब ४० प्रतिशत गाडी नाडामार्फत बिक्री वा बुकिङ हुने गरेका छन् । आउँदो मौद्रिक नीतिले अटोमोबाइल व्यवसायलाई मैत्रीपूर्ण वातावरण दिनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही वर्ष अर्थतन्त्रका लागि चुनौतीपूर्ण भए पनि निजी क्षेत्रको सुझावअनुसार ३० भन्दा बढी कानुन परिमार्जन भएपछि सकारात्मक परिणाम देखिन थालेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता उपलब्ध रहेको उल्लेख गर्दै लगानीका लागि उपयुक्त समय रहेको धारणा राखे । हालै सुरु भएको जलविद्युत् निर्यातले विदेशी मुद्रा भित्र्याउन ठूलो सहयोग गरेको र अर्थतन्त्रलाई सुदृढ बनाउन टेवा दिएको उनको भनाइ छ । ढकालले युरो–६ मापदण्ड अचानक लागु हुँदा अटोमोबाइल क्षेत्रमा समस्या आएको पनि बताए । उनले केही समयका लागि सरकारले छुट दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव