२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको :सांसद बस्नेत

२०८२, ४ भाद्र बुधबार १५:२८

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली अनउपुयक्त हुने तर्क गरे ।‘सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ । नेपालजस्तो बहुवर्गीय सामाजिक तथा आर्थिक हिसाबले विविधतायुक्त समाजमा यो दुई दलीय व्यवस्था न त सैद्धान्तिक रुपमा ठिक छ न त व्यवहारिक ढंगले नै उपयुक्त हुन्छ,’ बस्नेतले भने ।

दुई दलीय प्रयोग अन्तत: एकदलीय व्यवस्थातर्फ धकेलिने उल्लेख गर्दै सत्तारुढ दलहरूको दुई दलीय मिसन नेपाली जनताले पुरा हुन नदिने टिप्पणी समेत उनले गरे ।‘यो दुई दलीय व्यवस्थाको मिसन अन्तत: एकदलीयमा पुग्ने होला । प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नुहुनेछ,’ बस्नेतले भने, ‘त्यो उहाँहरूले नै सोचिरहनुभएको होला । तर नेपाली जनताले उहाँहरुको यो मिसन पूरा गर्न दिने छैनन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प