२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल नक्खु कारागार जाने

२०८२, ४ भाद्र बुधबार १७:००

काठमाडौँ | सहकारी ठगी मुद्दामा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भएका छन्। प्रचण्ड आज बुधबार साँझ ६ बजे लामिछानेलाई भेट्न नक्खु पुग्ने उनको सचिवालयले जानकारी दिएको छ। बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा रुपन्देही कारागारमा रहेका लामिछानेलाई गत शनिबार ललितपुरको नक्खु कारागार सारिएको थियो।

यहाँ सारेसँगै पार्टीका नेता कार्यकर्ता, आफन्त र शुभेच्छुकसँग लामिछानेले भेटघाट बढाएका छन्। आफू सत्ताबाट बाहिरिने अन्तिम क्षणसम्म साथ दिएका लामिछाने सहकारी ठगीमा निर्दोष रहेको प्रचण्डले सार्वजनिक रुपमै बताउँदै आएका छन्। वर्तमान सत्ता गठबन्धनले लामिछानेसँग प्रतिशोध साँधेको र उनलाई फसाइएको भन्दै प्रचण्डले आपत्ति जनाउँदै आइरहेका छन्। लामिछानेविरुद्ध ५ वटा सहकारी ठगेको अभियोग छ।

सुप्रिमबाहेकका सहकारी ठगीको अभियोगमा उनी धरौटीमा रिहा भएका थिए। पर्साको सानोपाइला सहकारी ठगीको अभियोगमा थुनछेक बहस हुनै बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प