१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजलाई अगाडी बढाउनमा महिलाहरूको विशेष भूमिका रहेको : उपप्रधानमन्त्री सिंह

४ भाद्र २०८२, बुधबार १७:३५

काठमाडौँ | उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरूको विशेष भूमिका रहेको बताएका छन् । नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले बुधबार नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरूको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना व्यक्त गरे ।

‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ । पहिला बाटोघाटो नहुँदा विवाह पछि माइत जान पनि विशेष पर्व आउनुपर्ने । विशेषगरि तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दुख व्यक्त गर्ने परम्परा हो,’ उनले भने, ‘विशेष गरी दिदिबहिनीहरुले यो पर्व मनाउँदा तीजको मान्यतालाई तलमाथि नपर्ने गरी, मौलिकता नबिर्सीकन तीज मनाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।’

चेलीबेटीहरूले तीजमा गीत र नृत्यमार्फत सुखदुख अभिव्यक्त गर्ने परम्परा रहेको भन्दै उहाँले तीज मनाउँदा यसको मौलिकता बिर्सन नहुनेमा जोड दिए । उनले काठमाडौँ क्षेत्र नं १ मा संघ, प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन यो क्षेत्रका महिलाहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै आभार पनि व्यक्त गरे ।

उपप्रधानमन्त्री सिंहले तीज महिलाहरूका लागि विशेष पर्व रहेको भन्दै मौलिकता जोगाएर तीज मनाउन सुझाव दिए । उनले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहसहितका महिला नेतृहरूको भूमिका बिर्सन नहुने पनि बताए । ‘पुरुष सरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन कि अधिकारसँगे आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिलाहरू सजग हुनुपर्छ,’ उनले भने ।

नेपाल महिला संघकै कारण महिलाहरूको मताधिकार पाएको, छोरीलाई पनि छोरा सरह पढ्न पाउने अधिकार सुरक्षित भएको र छोरीको सम्पत्तिमा हक स्थापित भएको पनि महिला संघलाई कार्यक्रम आयोजनाका लागि धन्यवाद दिए । कार्यक्रममा कांग्रेस नेतृ कल्याणी रिजाल, मंगलादेवी सिंह फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंह, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाललगायतले तीजको अवसरमा शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव