२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै

२०८२, ५ भाद्र बिहीबार १४:०५

काठमाडौँ | भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् । बिहीबार पनि संसद् बैठक सुरु हुने बित्तिकै दुई दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए ।

सांसद नेपालीले लिपुलेक र कालापानीलगायतको भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने भन्ने कुरा आएको भन्दै नेपालको भूभागको संरक्षण गर्नको लागि सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने विश्वास व्यक्त गरे । उनले भ्रष्टाचार नियन्त्रण गरेर जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्ने सरकार मानव तस्करी गर्नेको संरक्षणमा लागेको आरोप लगाए । सांसद नेपालीले उपसभामुख इन्दिरा राना मगरबारे भएको अवमूल्यनले लोकतन्त्रमा खतरा उत्पन्न गराएको जिकिर गरे ।

त्यस्तै राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिन समिति नै बनाउनुपर्ने बताए । उनले सभामुखले पहल गरिदिँदा आफूहरूको माग सम्बोधन हुनसक्ने उनको भनाइ छ । सांसद प्रधानले बिचौलियाहरूको तन्त्रले जालो फिँजाएको भन्दै सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिए । प्रधानले धारणा राखेपछि दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरूले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प