१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको : कांग्रेस

५ भाद्र २०८२, बिहीबार १४:३१

काठमाडौँ | सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ । भारत र चीनका विदेशमन्त्रीहरू बीच नयाँ दिल्लीमा भर्खरै भएको उक्त सम्झौता स्वीकार्न नसकिने कांग्रेसको भनाइ छ । ‘हाम्रा दुई छिमेकीहरू भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरूले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’ बिहीबार संसद्को विशेष समयमा बोल्दै महामन्त्री गगनकुमार थापाले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकी गरेको यो व्यवहार प्रति गम्भीर असहमति प्रकट गर्दछ । यो आपत्तिजनक छ । अस्वीकार्य छ ।’

उनले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको सम्झौतामा सरकारले अढि बढाएको पहलकदमीमा सबैलाई समेटेर अघि बढ्न पनि आग्रह गरे । ‘नेपाल सरकारले यसका बारेमा जुन पहलकदमी अगाडि बढाएको छ, सबैलाई समेटेर अगाडि बढाओस् हामी यसका निम्ति आग्रह पनि गर्न चाहन्छौँ,’ महामन्त्री थापाले भने ।

उनले यस विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएर । महामन्त्री थापाले भारत र चीनको पछिल्लो कदमलाई कसैले पनि घरेलु राजनीतिको विषय बनाउन नहुनेतर्फ पनि सचेत गराए । ‘यो विषयमा हामी सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनु पर्छ । हिजो पनि उभियौँ, आज पनि उभिनुपर्छ । म नेपाली कांग्रेसको तर्फबाट सबै दलहरूलाई आग्रह पनि गर्न चाहन्छु,’ थापाले भने, ‘हाम्रा आफ्ना मत–मतान्तर आफ्ना ठाउँमा छन्, हाम्रा प्रतिष्पर्धा आफ्ना ठाउँमा छन्, हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔँ । उग्रराष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव