८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

“मध्यपहाडी लोकमार्गले समृद्धिको ढोका खोलेको छ” : राज्यमन्त्री गुरुङ

१ आश्विन २०७४, आईतवार १२:१३

प्रकाश धौलाकोटी । असोज १, तेह्रथुम। भौतिक पर्वाधार  तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई जन्मथलो तेह्रथुमको आठराईबासीले भव्य स्वागत तथा सम्मान गरेका छन् । आठराई गाउँपालिकाको चुहानडाँडा र सक्रान्तिबजारमा राज्यमन्त्री गुरुङलाई स्थानीयबासी, क्याम्पस, विद्यालय, संघसंस्था तथा नेपाली कांग्रेसका कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् । 

आठराई गाउँपालिका–४, साविक इवा गाविसमा जन्म भई तेह्रथुम जिल्लाबाट व्यवस्थापित संसद हुँदै राज्यमन्त्री बनेकी नेतृ गुरुङ मन्त्री बनेपछि पहिलो पटक जन्मथलो आउनुभएको हो । राज्यमन्त्री गुरुङलाई पुर्वविद्यार्थीको रुपमा त्रिमोहन उच्च मावि सक्रान्तिबजार र तेह्रथुम बहुमुखी क्याम्पसले सम्मान गरेका छन् । 


यस्तै नेपाली कांग्रेस आठराई गाउँपालिका कार्यसमिति, सबै वडा कार्यसमितिहरु र भातृ संस्थाहरुले समेत सम्मान पत्रसहित अविर जात्रा, माल्यार्पण र खादा ओढाएर सम्मान गरेका छन् । राज्यमन्त्री गुरुङलाई आठराई गाउँपालिकास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुले समेत स्वागत तथा सम्मान गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहनुभएकी राज्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्गले तेह्रथुम जिल्लाको समृद्धिको ढोका खोलेको बताउनुभएको छ । पाँचथरको जोरसालदेखि माझीटार हुँदै सक्रान्तिबजारदेखि पुरै तेह्रथुम जिल्लालाई छिचोलेर अघि बढेको निर्माणाधीन लोकमार्ग सम्पन्न भएपछि जिल्लाले आर्थिक समृद्धिको फड्को मार्ने उहाँले बताउनुभयो । 


उहाँले पटक पटक लोकमार्गको ट्रयाक परिवर्तन गर्ने चलखेल भएको भन्दै अब पाँचथर तेह्रथुम खण्डका कुनैपनि ठाउँमा ट्रयाक परिवर्तन नहुने र कुनै पनि हालतमा हुन नदिने बताउनुभयो । राज्यमन्त्री गुरुङले भौतिक पुर्वाधारतर्फ यहाँका सडक, पुल निर्माण र मर्मत सम्भार नै आफ्नो कार्यकालका प्राथमिकता रहेको बताउनुभयो । लोकमार्गको निर्माणाधीन खण्डको अवलोकनपछि माझीटार–सक्रान्तिबजार–म्याङलुङ सडक खण्डको काम तीब्र गतिमा गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

उहाँले जिल्लाको स्वास्थ्य, शिक्षा खानेपानी, तथा सडकहरुको अवस्था हेरेर प्राथमिकतामा राखी आफ्नो ठाँउबाट सकेसम्म अगाडी बढाउने बताउनुभयो । राज्यमन्त्री गुरुङले वर्षाले क्षतिग्रस्त जिल्लाका महत्वपुर्ण सडकहरु दशैँ अगाडि नै खुलाउने र निर्माण तथा मर्मत सम्भारको कामले अब गति लिने बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता