१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ: ऊर्जामन्त्री खड्का

८ भाद्र २०८२, आईतवार १२:४५

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), पशुपति बहुमुखी क्याम्पस इकाई समितिले हरितालिका तीजको अवसरमा आयोजना गरेको सांस्कृतिक तथा दर खाने कार्यक्रममा मन्त्री खड्काले तीजलाई केवल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताएका हुन् ।‘कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैँलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ । त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईंहरूको जिम्मेवारी हो । तीज अब दाजुभाइ, आमा, दीदीबहिनी सबैले मिलेर मनाउने साझा पर्वको रूपमा स्थापित हुँदै गएको छ’, मन्त्री खड्काले भने ।

कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुंगेलले तीजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्व मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले भने, ‘हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिने मात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन् ।’

क्याम्पस इकाई समितिका अध्यक्ष सरोज लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ता गीता गुरुङले तीजलाई सबै जातजाति र भाषा–भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताउँदै महिलाहरूलाई अझै पनि आसन, भाषण र शासनमा उचित स्थान नपाएकोमा चिन्ता व्यक्त गरे । क्याम्पस प्रमुख विनोद पन्तले विद्यार्थीहरूलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अगाडि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव