१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आवधिक निर्वाचनको कुरालाई कसैले पनि हल्लाउन सक्दैन : गगन थापा

८ भाद्र २०८२, आईतवार १७:०६

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाचन समयमै नहुने बताए । समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ ।

‘दक्षिण एशियाका थुप्रै देशहरुमा समयमा आवधिक निर्वाचन हुँदैन । हाम्रोमा हुन्छ । यो आवधिक निर्वाचन हुने कुरालाई कसैले पनि हल्लाउन सक्दैन,’ महामन्त्री थापाले भने, ‘आवधिक निर्वाचन हुन्छ भनेर भनेको ठाउँमा पनि नाममात्रैको निर्वाचन हुन्छ । हाम्रोमा राम्रै निर्वाचन हुन्छ ।’ निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरु पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने उनको भनाइ थियो ।

‘हाम्रो इलेक्शन फेयर हुन्छ, फ्रि हुन्छ । सरकारको तर्फबाट विधेयकको रुपमा आउँदा अहिले आएका कतिपय कुराहरु हटेर आउनसक्छ,’ उनले भने, ‘यसमा ख्याल गर्नुपर्छ । संसदबाट फेरि थपेर पठाउन हामी सक्छौँ । आवश्यकताका आधारमा हामीले विधेयकमा राम्रै काम गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव