२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा समस्या समाधानको प्रभावकारी पहल गर्न प्रधानमन्त्रीसँग आग्रह

२०८२, १३ भाद्र शुक्रबार १७:००

काठमाडौँ | नेपाली कांग्रेसका सांसद सुशीला थिङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै सीमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उहाँलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद थिङले चीन भ्रमणका क्रममा हालै चीन र भारतबीच भएको व्यापारिक सम्झौताका कारण नेपालको लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रका सन्दर्भमा उल्लेख भएका सन्दर्भमा आवश्यक निष्कर्ष निकाल्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो । सांसद थिङले इम्बोस्ड नम्बर प्लेट गुणस्तरीय नभएको जनगुनासो आइरहेकाले आवश्यक जानकारी दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग माग गर्नुभयो । रास्वपाका सभापति रवि लामिछाने नै भिजिट भिषामा अमेरिका गएको र नेपाली नागरिकता त्याग गरेको सन्दर्भ जोड्दै सहकारी ठगी, नक्कली प्रमाणपत्रलगायत विषयमा आफ्नो धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री ओलीको चीन भ्रमण मुलुकको गौरव बढाउने सन्दर्भमा महत्वपूर्ण सावित होस् भन्ने कामना गर्नुभयो । उहाँले नेपालको भूमि प्राणभन्दा पनि प्यारो रहेको भन्दै चीन भ्रमणका क्रममा हालै चीन र भारतबीच भएको व्यापारिक सम्झौताका कारण परेको प्रभावकारीका बारेमा प्रष्ट धारणा राख्न माग गर्नुभयो । वर्तमान सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रमा सुधार भएको, निराशालाई चिरेर आशामा बदल्ने, सुशासन कायम गर्दै विकास तथा समृद्धिको अभियानलाई अगाडि बढाएको र सफलता हासिल गरेको उल्लेख गर्नुभयो ।

सांसद गिरीले मुलुकको आर्थिक वृद्धि सकारात्मक ढङ्गले अगाडि बढेको, विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएको, महँगी नियन्त्रण भएको, वैदेशिक लगानीमा वृद्धि भएको तथ्यलाई नजरअन्दाज गरेर आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गलत प्रचार भएको बताउनुभयो । सरकारले गरेका राम्रा कामको फेहरिस्त पेस गर्दै उहाँले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सफल भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ